सम्बन्ध सुदृढ बनाउन महालक्ष्मी नगरपालिका धनकुटाको निमन्त्रणामा ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरुसहितको टोलीले धनकुटा आएको छ । धनकुटा र ललितपुरका एउटै नाम गरेका दुई नगरपालिकाले भगिनी सम्बन्धलाई दिगो र थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका छन ।

विहिबार महालक्ष्मी नगरपालिका धनकुटाले जितपुरमा एक कार्यक्रम राख्दै दुई नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बीचमा असल अभ्यास र अनुभव आदानप्रदान गरेका थियो । उनीहरुले नीति कार्यक्रम र बजेट तुर्जमा, स्थानीय सरकार सञ्चालन ऐन अनुसार कार्यविधि निर्माण, विकास निर्माण प्रकृया, कृषि आधुनिकीकरण, व्यवसायिकरण, पर्यटन प्रवद्र्धनलगायतका सवालमा छलफल गरेका छन ।
कार्यक्रममा दुवै नगरपालिकाले उत्पादनको बजारीकरण गर्ने समझदारी गर्दै तत्कालका लागि स्थानीय उत्पादनको बजारीकरणमा दुवै नगरपालिकाले एक अर्कालाई सहयोेग गर्ने प्रतिवद्धता जनाएका छन । कार्यक्रममा दुवै नगरपालिकाले उत्पादनको बजारीकरण गर्ने समझदारी समेत गरेका छन
धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज राया र ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठलले भगिनी सम्बन्धले स्थानीय सरकारहरुबीच सौहार्दता कायम भएको बताएका छन । त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन र धनकुटाको महालक्ष्मी नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले भगिनी सम्बन्ध कायम गरेका दुवै नगरपालिका एकै हुन्

Screenshot_20231001_222410_Facebook

भन्ने भावका साथ एकतावद्ध भएर साझेदारीमा काम गर्नुपर्नेमा जोड दिएका छन । एक अर्कालाई दोहोरो सहयोग गर्ने प्रतिवद्धता जनाएका जनप्रतिनिधिहरुले स्थानीय उत्पादनकै सामाग्रीहरु मायाको चिनोका रुपमा साटासाट गरेका थिए । ललितपुरका जनप्रतिनिधिले आफ्नो स्थानीय तहमा उत्पादन भएको पस्विनाको सल र खोस्टा परालको सोफा धनकुटाका जनप्रतिनिधिलाई दिएका थिए । धनकुटाका जनप्रतिनिधिले महालक्ष्मीको रुद्राक्षका माला, गाउँमै बनाएको मायाँको चिनो हस्तान्तरण गरेका थिए । दुवै नगरपालिकाका जनप्रतिनिधि एकै ठाउँमा बसेर वृत्तचित्र मार्फत दुवै नगरपालिकको वस्तुगत वर्तमान अवस्था, आएको परिवर्तन र आगामी योजना तथा सम्भावनाका विषयमा जानकारी लिएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका र ललितपुरको महालक्ष्मी नगरपालिका बीच २०७८ चैत्रमा भगिनी सम्बन्ध कायम भएको थियो ।