इटहरी । इटहरी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीले उद्योगी–व्यवसायीमाझ आफ्नो अभियानलाई थप सशक्त बनाएकी छन्। व्यवसायीको हक, हित र सम्मानलाई केन्द्रमा राख्दै उनले संघलाई अझ पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
“एक भोट, एक अवसर” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी भण्डारीले प्रत्येक मतको विशेष महत्व रहेको बताएकी छन्। उनका अनुसार उद्योग वाणिज्य संघको भविष्य निर्धारण गर्ने आधार व्यवसायीको मत नै हो। सही नेतृत्वको चयनले व्यवसायीको आवाजलाई बलियो बनाउनुका साथै संघलाई नयाँ उचाइमा पुर्याउने विश्वास उनले व्यक्त गरेकी छन्।
लामो समयदेखि व्यापार–व्यवसायमा सक्रिय रहेकी भण्डारीले संघलाई सबै व्यवसायीको साझा चौतारीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। उनले संघभित्र पारदर्शिता, सुशासन र उत्तरदायित्व कायम गर्दै व्यवसायीका समस्या समाधानलाई प्राथमिकतामा राख्ने योजना सार्वजनिक गरेकी छन्।
उनका अनुसार इटहरीका उद्योगी–व्यवसायीले विभिन्न चुनौतीको सामना गरिरहेका बेला संघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता झन् बढेको छ। व्यवसायीका हक–अधिकारको संरक्षण, लगानीमैत्री वातावरण निर्माण तथा साना तथा मझौला उद्यमीको सशक्तीकरण आफ्नो मुख्य एजेन्डा रहेको उनले बताइन्।
गायत्री कटुवाल भण्डारीले उद्योग वाणिज्य संघलाई सीमित व्यक्तिको संस्था नभई सम्पूर्ण व्यवसायीको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। संघको नेतृत्वमा पुगेपछि व्यवसायीका सुझाव र आवश्यकतालाई प्राथमिकतामा राख्दै सबैलाई समेटेर अगाडि बढ्ने उनको भनाइ छ।
निर्वाचन अभियानका क्रममा विभिन्न क्षेत्रका व्यवसायीसँग भेटघाट गर्दै उनले आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेकी छन्। उनले व्यवसायीको विश्वास, साथ र समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै इटहरी उद्योग वाणिज्य संघलाई नयाँ दिशा दिन सक्षम नेतृत्व आवश्यक रहेको बताएकी छन्।
“तपाईंको एक मतले संघको भविष्य निर्धारण गर्छ, व्यवसायीको आवाज बलियो बनाउँछ र सक्षम नेतृत्व चयन गर्छ,” उनले भनिन्, “परिवर्तनको यात्रामा तपाईंको साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”
आगामी निर्वाचनमा अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीले उद्योगी–व्यवसायीलाई आफ्नो अमूल्य मतमार्फत परिवर्तन र नयाँ सोचलाई साथ दिन आग्रह गरेकी छन्। उनले व्यवसायीको हित, सम्मान र अधिकारको संरक्षणका लागि आफू निरन्तर प्रतिबद्ध रहने विश्वास व्यक्त गरेकी छन्।



















