बिरामी प्रिथ माया इङ्नाम लिम्बूलाई सयपत्री मिडिया ग्रुपको सहयोग
किरण लिम्बु
तेह्रथुमको फेदाप गाउँपालिका–५ (साबिक ईसिबु–२) नर्कटे निवासी प्रिथ माया इङ्नाम लिम्बूलाई सयपत्री मिडिया ग्रुप प्रवास नेपाल प्रा.लि.ले आर्थिक सहयोग प्रदान गरेको छ।
पेसरका कारण टाउकोमा रगत जमेर स्वास्थ्य अवस्था जटिल बनेपछि हाल उनको एउटा हात र एउटा खुट्टा नचल्ने अवस्था रहेको बताइएको छ। उनी हाल झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचाररत छिन्।
पीडितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सयपत्री मिडिया ग्रुप प्रवास नेपाल प्रा.लि.ले रु ५२ हजार ३९० नगद सहयोग प्रदान गरेको हो। झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा उक्त रकम पीडितलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा संस्थापक कार्यसमिति उपाध्यक्ष निशान योङहाङ, सचिव कल्पना श्रेष्ठ, सह–कोषाध्यक्ष सुमि मोक्तान तामाङ, ताप्लेजुङ जिल्ला मार्केटिङ प्रमुख नानू निर्मला चौलागाईं, इलाम जिल्ला मार्केटिङ प्रमुख पुजा योङहाङ तथा सदस्य रिमा बस्नेतको उपस्थिति रहेको थियो।
सयपत्री मिडिया ग्रुपका अध्यक्ष अमृत कुरुम्बाङका अनुसार संस्थाले विगत १३ वर्षदेखि आर्थिक अवस्था कमजोर भएका बिरामी तथा पीडितहरूलाई सहयोग गर्दै आइरहेको छ।
सहयोग प्राप्त गरेपछि प्रिथ माया इङ्नाम लिम्बूले सयपत्री मिडिया ग्रुप प्रवास नेपाल प्रा.लि. तथा सहयोग गर्ने सबै सहयोगीप्रति आभार व्यक्त गरेकी छन्।



















