IMG-20231105-WA0028IMG-20231105-WA0009कल्पवृक्ष सेवा समाजले दिपावली छैठ एवं नेपाल सम्वत ११४४को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। समाजले नेपाल सरकारका पुर्व सहसचिव प्रदिप राज कँडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो।IMG-20231106-WA0005

कार्यक्रममा हालै जाजरकोट तथा रुकुम पश्चिममा गएको भुकम्पमा परेर ठुलो जनधनको क्षति भएको एवं धेरै ब्यक्तिहरुले मृत्युवरण गरेकोमा दुख ब्यक्त गर्दै चाडपर्व मनाउँदा अनावश्यक तडकभडक नगरी सम्यम र मितव्ययी भएर मनाउन जोड दिदैं वृध्द्वृद्दा, असहाय, अपाङ्गता भएका ब्यक्ति, अनाथ बालबालिका तथा दैविप्रकोप पिडित साथै स्वास्थ्य उपचार गर्न असमर्थ नागरिकहरुसँग सहकार्यमा निरन्तरता दिने प्रतिबद्दता जनाएका छन्।IMG-20231105-WA0007

कार्यक्रममा प्रमुख अतिथि कँडेलले राहत तथा सहयोग एकद्वार प्रणालीबाट वितरण गर्दा समानुपातिक र पारदर्शी हुने भन्दै संस्थागत IMG-20231105-WA0033रुपमा राहत तथा सहयोग जस्तो सामाजिक कामको प्रशंसा गनुभएको छ। उहाँले कार्यक्रममा कार्य सफलताको शुभकामना समेत दिनुभएको छ।कल्पवृक्ष सेवा समाजले दिपावली छैठIMG-20231105-WA0005 1

कार्यक्रममा बढ्दो जलबायु नियन्त्रण गर्न सँस्थाले वातावरण तथा पर्यावरण संरक्षण सम्बन्धि कार्यहरु गर्दै आएको र निरन्तरता दिने संस्थाका अध्यक्ष भिमनाथ गौतमले प्रतिबद्धता जनाउनुभयो। IMG-20231105-WA0030कार्यक्रममा सँस्थाका प्रमुख संरक्षक अर्जुन पौडेलले सबैजना सँग सहकार्य गरेर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यमा निरन्तरता दिन सबैको साझा सँस्थाको रुपमा भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।IMG-20231106-WA0001

कार्यक्रममा संस्थाका प्रतिनिधिहरु तथा सामाजिक सघ सँस्थाको प्रतिनिधिहरुको उपस्थिति थियो। सँस्थाका अध्यक्ष गौतमको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी सचिव पवित्रा आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको र संस्थागत उद्देश्यको बारेमा थप पुष्टि गर्नुभएको थियो।IMG-20231105-WA0029IMG-20231106-WA0005