Navi Infosys Academy को AI Content Creation Masterclass सफलतापूर्वक सम्पन्न, ३०० भन्दा बढी सहभागी लाभान्वित
काठमाडौं । Navi Infosys Academy द्वारा सञ्चालन गरिएको AI Content Creation Masterclass सफलतापूर्वक सम्पन्न गरिएको छ। प्रशिक्षक कमल सिंह ठाकुरी को नेतृत्वमा सञ्चालन भएको उक्त कार्यक्रममा ३०० भन्दा बढी सहभागीहरूले प्रत्यक्ष रूपमा सहभागिता जनाएका थिए।
AI शिक्षा सबै नेपालीको पहुँचमा पुगोस् र आर्थिक अभावका कारण कोही पनि आधुनिक प्रविधि सिक्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ Academy ले विशेष अफर अन्तर्गत केवल रु. १२ शुल्कमा Masterclass सञ्चालन गरेको जनाएको छ।
प्रारम्भमा ३ दिने LIVE Class का रूपमा घोषणा गरिएको कार्यक्रम सहभागीहरूको सिकाइलाई थप प्रभावकारी बनाउन ४ दिनसम्म सञ्चालन गरिएको थियो। प्रशिक्षणसँगै अभ्यासका लागि छुट्टै समय प्रदान गरिएकाले सहभागीहरूले सिकेका विषयलाई व्यवहारमा उतार्ने अवसर पाएका थिए।
Masterclass मा AI Content Creation, Prompt Writing, GPT तथा Gemini Hacks, AI Presentation, Talking Video, Image Creation, AI Music, Podcast, Story Creation लगायत १५ भन्दा बढी AI Tools सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा सहभागी भएकामध्ये पहिलो ५ जनालाई १८ महिनाको Gemini Pro, पहिलो ५० जनालाई १ वर्षको Canva Pro तथा उत्कृष्ट प्रदर्शन गर्ने ५ जनालाई ChatGPT Plus सदस्यता निःशुल्क उपलब्ध गराइएको थियो।
कोर्स सम्पन्न भएपश्चात पनि सिकाइ प्रक्रिया निरन्तर जारी रहेको Academy ले जनाएको छ। सहभागीहरूका लागि विशेष Facebook Community सञ्चालनमा ल्याइएको छ, जहाँ प्रशिक्षकबाट नियमित सुझाव, मार्गदर्शन, Motivation तथा सहभागीहरूले तयार गरेका Project हरूमाथि Feedback प्रदान गरिँदै आएको छ।
सहभागीहरूले कार्यक्रमलाई अत्यन्त उपयोगी, व्यवहारिक तथा समयानुकूल रहेको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार कम शुल्कमा AI सम्बन्धी गुणस्तरीय शिक्षा प्राप्त गर्नुका साथै निरन्तर सहयोग र मार्गदर्शन पाउनु कार्यक्रमको विशेषता बनेको छ।
Navi Infosys Academy ले आगामी दिनहरूमा पनि AI तथा डिजिटल सीप विकाससम्बन्धी यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ।
















