शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे काठमाडौं महानगरले कारवाही गर्ने भएको छ । राष्ट्रिय शिक्षक महासंघको अनिश्चितकालीन विद्यालय बन्दको घोषणालाई अस्वीकार गर्दै महानगरले आन्दोलनका नाममा मातहतका विद्यालय बन्द गरे कारवाही गर्ने भएको हो । हाल प्रस्तावित विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरु काठमाडौंको माइतीघरमा आन्दोलित बनेका छन् । उनीहरुले असोज ४ गते (बिहीबार) देखि देशभर विद्यालय बन्दको घोषणासमेत गरेका छन् । तर, काठमाडौं महानगरपालिका भित्र भने आन्दोलनका नाममा विद्यालय बन्द गर्न नपाइने महानगरका प्रवक्ता नवीन महर्जनले बताएका छन् । “विधेयकमा फरक मत पक्कै होला तर विद्यालय बन्द गरेर

नपाइने महानगरका प्रवक्ता नवीन महर्जनले बताएका छन् । ‘विधेयकमा फरक मत पक्कै होला तर विद्यालय बन्द गरेर समस्याको हल निस्किदैन । बरु उल्टै बालबालिकाको पढाई प्रभावित हुन्छ ।' उनले भने, 'आन्दोलनका नाममा विद्यालय बन्दको | घोषणा हामिलाई मान्य छैन । विद्यालय बन्द गरे कारवाही गर्छौं ।' योसँगै विद्यालय बन्द गरेर विद्यालयमा हाजिर हुने शिक्षकलाई पनि कारवाही गर्ने महानगरले चेतावनी दिएको छ ।