महिलावर्गले घरको चारदिवारी बाहिर निस्केर तीजको रमाइलो गरेकोमा देखिसक्नु भएन पितृसत्तात्मक सरकारका मंत्री र मिडियाका पत्रकारलाई ! फेरि उनीहरू २१ औ शताव्दिका महिलाले तीज कसरी मनाउने भन्ने बारे भने कुनै सुझाउ र राय दिन पनि ल्याकत राख्दैनन् !
तिनले सुझाउ दिइहाले पनि तिनीहरूलाई आफूहरू मानव अधिकार विरोधी ठहरिन्छ भन्ने थाहा छ । त्यही भएर महिलाका विरूद्ध फलाक्छन्, सुझाव दिने बेला पुच्छर लुकाउॅदै भाग्छन् ! अनि मिडियामा फलाक्छन् तीजमा महिलाले विकृति फैलाए रे !
पितृसत्तात्मक मिडिया वा नेतालाई तीजमा महिलाहरूले नाच्दा छाडा भयो रे (के पुरूष कट्टु लाएर नॅाच्दैनन् र भन्या?) तिनको ॲाखै दोषी हो कि ?
पितृसत्तात्मक मिडिया वा नेता तीजमा महिलाले जॅाडरक्सी खाए भनेर छुत्ति खेलिरहेछन् ! (के पुरूष हजारौ बार र भट्टीमा दिनहू जॅाडरक्सी खादैनन् र ?) कतिले स्वास्नीका गहना मासेर जॅाडरक्सी खाएर बच्चाबच्चीको बिचल्ली पारेका छन् त ?
पितृसत्तात्मक मिडिया वा नेताले तीजमा महिलाले सूनका गहना लगाए भनेर आरोप लगाउॅछन् ! महिलाले तीजमा सून लगाउॅछन कि हिजो आज सस्तो नक्कली सूनको गहना लगाउॅछन् भन्ने तिनीहरूलाई थाहा छैन । के थाहा पाउन् स्वास्नीका गहना र पेवा जति बेचेर आफैं रौसी खान्छन, अनि कॅहाबाट ल्याउन सक्कली सून महिलाले? सबै टल्किने सून हुदैन भन्ने यी मूर्खहरूले कहिले बुझ्ने हो?
पितृसत्तात्मक मिडिया वा नेताहरू, तीजमा महिलाले रातो सारी लगाएकोमा पनि आरिष गर्छन् । महिलाले रातो सारी लगाएर उफ्रे रे ! के पुरूषले पार्टीको रातो झण्डा हल्लाउॅदैनन, के तिनीहरूले पार्टीको जुलुसमा टोले गुण्डाको जसरी टाउॅकोमा रातो रंगको फेटा लाएर हातमा लठ्टी बोकेर हिड्दैनन् ? अनि, महिलाले रातो वस्त्र लगाएर साथीसंगी माझ नॅाच्दा यी टेलिभिजनहरू किन भिडियो खिॅच्न पुग्छन् ? महिलाहरूको कार्यक्रममा मिडियाका पुरूषहरूले अनुमति विना प्रवेश गर्न र “स्टिंग अपरेसन” गर्न मिल्छ? महिलावर्गको “प्राइभेसी” भंग गर्ने छुट यीनलाई कसले दियो ?
दाजुभाईले घरमा तीजको दर खान बोलाए यस्तो हुने नै थिएन नि ! बाबु आमा मरेपछि दाजुभाई नै पराई हुनुले सामाजिक बिकृति र बिखण्डन बढाएको हो !
नेपालमा “जस्ता नेता त्यस्तै रिपोर्टर !” नेताले भाषण गरे जस्तो रिपोर्टरले एकपक्षीय रूपमा टिभी वा रेडियोमा महिला वर्गको स्वतन्त्रताको विरूद्ध बोल्नु राम्रो कुरा हुदै होइन ! अमेरिकामा पत्रकार वा मिडियाले “जेण्डर बायस” भएर खबर सम्प्रेषण गरेका भए, यी सबै तत्कालै पक्राउ पर्थे र यिनले अदालतमा मुद्दा खेप्नु पर्थ्यो, कि कसो ?
कुनै पनि विषय (सिक्का) को दुवै पाटाबारे आंकलन गरिनु पर्ने हो नि ! विकृति त विदेश पलायनले तृणमूल तहसम्मै फैलाएको छैन र ? अझ देशमा सुशासन नहुनुले झनै विकृति बढाएको छैन र ?
नेपाली महिलाले सनातन हिन्दू सॅस्कृति र परम्परागत सॅस्कारलाई निरन्तरता दिएकोमा पो धर्मनिरपेक्षतावादी र नास्तिक नेता र पत्रकारको कोकोहोलो हो कि भन्ने पो मलाई लाग्न थालेको छ ! कतै यी विधर्मीबाट संचालित त होइनन् ? विचारणीय पक्ष यो पनि हो है ! सनातन धर्मसॅस्कृति मास्न म्लेक्षहरूले अनेक चाल चलिरहेका छन्, देशमा !!




















