इटहरी । भिभो मोबाइल ब्रान्डले पूर्वका कर्मचारीहरूमा गरेको फोटो प्रतिस्पर्धामा दुई जना विजयी भएका छन् । चाडपर्व नजिकिएसँगै भाइचारा अभिवृद्धि गराउने उद्देश्यले मेलमिलाप पूर्ण प्रतिस्पर्धा गराएको भिभोले प्रतिस्पर्धीको फोटो लाईक र सेयरको आधारमा विजेता घोषणा गरेको हो । 
भिभो मोबाइलका पूर्वी क्षेत्रका सेल्स म्यानेजर निमेष घिमिरेका अनुसार विजयी हुनेहरूमा निङ्मा शेर्पा र शिलु कार्की रहेका छन् । शेर्पाको पोष्टमा ४९४ सेयर र ३८७ लाइक सहित १३७४ प्वाइन्ट प्राप्त भएको छ । उनको पोष्ट ५३ हजार ६४९ जनाले हेरेका छन् । अर्की विजयी धरानकी कार्कीको पोष्ट १६७ सेयर भएको छ भने ९५५ लाईक आएको छ । उनले जम्मा १२८९ प्वाइन्ट पाएकी छिन् । उनको पोष्ट ५० हजार २७० जनाले पोष्ट हरेका छन् ।
गत आइतबार बाट सुरु यो प्रतियोगिता गत शुक्रवार बेलुका सकिसकेको हो घिमिरेले बताए । टिम भित्र आपसी सम्बन्धलाई अझ गाढा बनाउन र आपसी प्रतिस्पर्धाको भावना विकास गर्ने हेतुले सुरु गरिएको फोटो प्रतियोगिता सोचे भन्दा राम्रो भएको उनले भनाइ छ ।
‘नियम अनुसार लाईक वा रियाक्टलाई एक प्वाइन्ट र शेयरलाई दुई पोइन्ट अनुसार अङ्क गणना गरिएको हो । केही सहभागीहरूको फोटोमा लाईक गर्नेले पेज लाईक नगरेको, फोटोमा फेक लाईक प्रयोग गरेका थिए । वास्तविक लाईक र शेयरले फोटोको रिच पनि बढाउने हुँदा फेक र रियल चिन्न कुनै गाह्रो हुँदैन । तसर्थ सबैलाई न्याय हुने गरी विजेता छनौट गरिएको हो,’ उनले भने ।
प्रतिस्पर्धामा सुस्मिता मोक्तान, कोपिला बस्नेत, सबिना मगर, रोहन शर्मा, सबिना सिम्खडा, रञ्जित कुमार शाह लगायतको सहभागिता रहेको थियो ।




















