FB_IMG_1695484881219
 । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ३ मा 'व्यवसायमा महिलाहरु नेतृत्व र सञ्चार कार्यशाला' सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको आयोजनामा भदौ ३१ गतेदेखि सुरु गरिएको तालिम आज अशोज २ गते सम्पन्न भएको हो । 

महिलाहरुलाई व्यापार व्यवसाय सम्बन्धि ज्ञान प्रदान साथै उद्यमसिलतामा महिला सहभागीता र पहुँचलाई वृद्धि गर्ने उद्धेश्यका साथ तालिम प्रदान गरिएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिनुभयो । 

गाउँपालिकाका सहभागि २६ जना महिलाहरुको सहभागिता रहेको तालिममा स्यारोन अधिकारी र धिराज क्षेत्रिले प्रशिक्षण गर्नुभएको खुम्बु पासाङल्हामु वडा नम्बर ३ का वडाअध्यक्ष नुरु जाङ्बु शेर्पाले जानकारी दिनुभयो । 

'वुमन इन विजेनेस लिडरशिप एण्ड कम्युनिकेसन वर्कसप' तालिम खुम्बु पासाङल्हामु वडा नम्बर ३ को गाट महिला समूह सामुदायिक भवनमा सञ्चालन ३ दिनसम्म सञ्चालन गरिएको थियो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । 

तालिममा सहभागीहरुले तालिम पश्चात व्यापार व्यवसाय गर्नमा निकै सहजता मिलेको प्रतिक्रिया दिदै गाउँपालिकालाई धन्यवाद व्यक्त गरेका छन ।