परामर्शमा ढिला भएको बताएका थिए । हाल समय सीमा सकिएपछि समितिको काम कारबाही बारे बुझ्न फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
इटहरीमा कर वृद्धिको विरुद्धमा नागरिक समाज लगायत विभिन्न सरोकारवाला निकायबाट आन्दोलन भएको थियो । नागरिक समाज समितिले घर समायोजन गर्ने बताएपछि आन्दोलनबाट पछि हट्यो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने इटहरी उपमहानगरपालिकाको गेट अगाडी हरेक दिन प्रदर्शन गरिरहेको छ । कर वृद्धिको विरोधमा निरन्तर खबरदारी गरेको रास्वपा कर घटाउनुपर्ने अडानमा छ । नेकपा एमालेले कर समायोजन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको भए पनि अहिले मौन देखिएको छ ।















