१ थान एयर गन सहित हिँजो साँझ प्रहरीले पक्राउ गरेको

alt

    धरान ।  धरान  उपमहानगरपालिका वडा नम्बर १४ बाट एक जनालाई गन सहित प्रहरीले पक्राउ गरेको छ । 

    इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार विजयपुर बस्ने ३९ वर्षीय अमनध्वज कार्कीलाई १ थान एयर गन सहित हिँजो साँझ प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

    कार्कीको घरकोठामा अवैध हतियार लुकाई छिपाइ राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गन सहित उनलाई पक्राउ गरेको हो ।

    डिएसपी मल्लका अनुसार पक्राउ परेका कार्कीको विषयमा नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ । 

    समय नेटवर्क मिडिया प्रा.लि.

    महालक्ष्मी नगरपालिका - १, जितपुर

    इमेल : [email protected]