FB_IMG_1695747316057 1I बिग होटलमा आज भएको सुरक्षा सम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुद्धारा मातहत कर्मचारीहरुलाई आवश्यक निर्देशन दिईएको छ । कार्यक्रममा नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालेले संयुक्त रुपमा कोशी प्रदेश अन्तरगत रहेका झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा र उदयपुर जिल्लामा कार्यरत तीन वटै सुरक्षा निकायका जिल्लाका प्रमुखहरुलाई  निर्देशन दिनु भएको हो । FB_IMG_1695747316057 2

निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले नागरिकको मौलिक हक र अधिकारको संरक्षण गर्न नेपाल प्रहरी गम्भिर भएर लाग्नु पर्ने र समाजमा शान्ति सुरक्षा कायम राख्न हरदम तयार रहनु पर्ने बताउनु भयो । वहाँले खुल्ला सिमानाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रणमा सम्पुर्ण सुरक्षा निकायहरुले समन्वय गरी प्रभावकारी भुमिका निर्वाह गर्न समेत निर्देशन समेत दिनु भयो । साथै वाहाँले सबै सुरक्षा निकायको निरन्तर सहकार्य र समन्वयमा नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा ब्यबस्थालाई थप मजबुत बनाउनु पर्ने बताउनु भयो ।यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालको सुरक्षा चुनौतीहरुलाई मध्यनजर गरी सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले अवैध भन्सार छलीलाई नियन्त्रण गरी राजश्व संकलनमा जोड दिनु पर्ने बताउनु भयो । यसै गरी राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले सत्य तथ्य सूचना संकलनले सुरक्षा ब्यबस्था मजबुत हुने हुँदा सूचना संकलन कार्यलाई प्रभावकारी बनाई सत्य र तथ्य सुचाना संकलन गर्न अन्य सुरक्षा निकायको समेत सहयोग आवश्यकता रहेको बताउँदै सुचना संकलनमा बिशेष ध्यान दिन निर्देशन दिनु भएको थियो ।

उक्त कार्यक्रममा सुरक्षा निकायका प्रदेश प्रमुखहरु, प्रहरी बरिष्ठ उपरीक्षकहरु लगायत सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो