FB_IMG_1696077929501 1FB_IMG_1696077914371 2अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगंज काठमाण्डौका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दिप भण्डारीले नागरीक समाजसंग अन्तरक्रिया गर्नु भएको छ । नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०७९” को निरीक्षणको क्रममा बिराटनगर पाल्नु भएका एआईजी भण्डारीले कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा आज नागरीक समाजका ब्यक्तित्वहरुसंग अन्तरक्रिया गर्नु हुँदै सहभागीहरुबाट भएका बिबिध जिज्ञासा तथा गुनासोहरुलाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला तथा अन्य सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।