बिराटनगर/ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम अन्तरगत प्रदेश प्रहरी प्रमुख र प्रहरी कर्मचारी बिच प्रत्यक्ष टेलिफोन सम्वाद भएको छ । 
कार्यक्रम अनुसार आज महिनाको तेस्रो शुक्रवार कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलासंग प्रत्यक्ष टेलिफोन सम्पर्क गरी आ-आफ्नो समस्या राखेका थिए ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले तल्लो दर्जा सम्मका प्रहरी कर्मचारीहरुको उचित पिरमार्का तथा गुनासो सम्वोधन गरी थप हौसला प्रदान गर्ने उद्देश्यका साथ टेलिफोन संवादका माध्यमबाट सिधै प्रदेश प्रहरी प्रमुख समक्ष कुरा गर्न “प्रदेश प्रहरीसंग प्रमुख” कार्यक्रम संचालन गरेको हो ।
यो कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेश्रो शुक्रवार निरन्तर संचालन भईरहेको छ ।















