पालना गर्नका लागि जानकारी गराउन निर्देशन दिइसकेको उनले जानकारी गराए । ‘नेपाली राजदूतावासले इजरायलमा रहेका नेपालीलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने, इजरायल सरकारसँग समन्वय गरी आवश्यक उद्धार र घाइते भएका नेपाली नागरिकको उपचारका लागि पहलकदमी लिइरहेको छ,’ उनले भने । सरकार इजरायलमा रहेका नेपालीलाई आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्नका लागि पूर्ण प्रतिबद्ध रहेको मन्त्री साउदको भनाइ छ ।















