भोजपुर /गाउँपालिका  बिकास निर्माणका गतिविधिहरुको गुणस्तरबारे प्रश्न उठ्न थालेपछि त्यसको सत्य तथ्य छानबिन र गुणस्तर सुधारमा लाग्नुको सट्टा भिडियो बाहिर ल्याउनेहरुलाइ फेसबुक पोष्ट मार्फत जालन्धरको उपनाम दिदै आएका पौवादुङ्मा गाउँपालिका अध्यक्ष एबम नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष समेत रहेका किरण राई गाउँपालिकाका किसानले उत्पादन र बिक्रि गर्दै आएको अकबरे खोर्सानी उत्पादन र बिक्रीबारे भ्रामक तथ्यांक छर्दै मिडियाबाजीमा लागेका छन ।

 अध्यक्ष राइले गाउँपालिकामा सञ्चालित योजनामा भएका चरम लापरबाही, गुणस्तरहिन कार्यसम्पादन र शुन्य अनुगमन जस्ता बिषयमा जनस्तरबाट प्रश्न उठ्न थालेपछि विभिन्न राष्ट्रीयस्तरका मिडियाहरुमा गएर गलत र तथ्यहिन विवरण पेश गर्दै जनतासामु भ्रामक सन्देश फैलाउदै आएका छन।     खासगरी किसानका श्रम र मेहनतले उत्पादन गरेको अकबरे खोर्सानीमा समेत भ्रम छर्दै हिडेका पालिका अध्यक्ष राइको गाउँपालिकामा भने १ केजी खोर्सानी बिक्री भएको समेत आधिकारिक रेकर्ड छैन तरपनी गाउँपालिकाका कृषि शाखाका प्राबिधिक कर्मचारी बर्तेन्द्र राई समेत गतबर्ष १८ करोड बराबरको खोर्सानी बिक्री भएको तथ्यांक गाउँपालिका सङ्ग सुरक्षित रहेको बताउँछन् ।   

 ५० प्रतिशत अनुदानमा गाउँपालिकाले खोर्सानी रोप्दा प्रयोग गरिने मल्चिङ प्लास्टिक बितरण बाहेक खोर्सानी उत्पादनका क्रममा किसानले झेल्दै आएका समस्या, रोगहरुको पहिचान र उपचार, उत्पादित बस्तुको बजारीकरण र मुल्य निर्धारण जस्ता बिषयमा कुनै चासो र सक्रियता नदेखाएको भएपनि हाल आएर जनस्तरबाट आएको आलोचनाबाट पन्छिने बहानामा भ्रामक र तथ्यहिन प्रचारमा सिङ्गो टिम लागिपरेको देखिन्छ।

 गाउँपालिकाका ६ वटै वडामा खोर्सानी सङ्कल र बिक्रि गर्ने ब्यापारीको भनाइलाइ आधार मान्ने हो भने खोर्सानी उत्पादन र बिक्रिबाट बढिमा ८ करोड सम्मको समेत खोर्सानी गाउँपालिका भित्रबाट उत्पादन र बिक्री भएको छैन । 

  कुन किसानले कति उत्पादन गर्यो र कुन मुल्यमा बिक्री गर्यो ? किसानका समस्या के छन? बजार ब्यबस्थापन कसरी गर्ने? कृषिमा गुणस्तर सुधार कसरी गर्ने भन्ने सम्बन्धि कृषकका घरमा पुगेर गतिविधि सन्चालन गर्नुको सट्टा गाउँपालिकाले हाल आफुलाइ बचाउन यसरी भ्रामक समाचार फैलाउन नहुने स्थानीयको भनाइ रहेको छ।