धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४१ वर्षीय डम्बर मगरको वैदेशिक रोजगारीको क्रममा कुवेतमा मृत्यु भएको छ। घटनापछि मानसिक आघातमा परेकी उनकी श्रीमती ३३ वर्षीया विद्या मगरको समेत पाँच दिनमै निधन भएको छ। छोटो अवधिमा आमा–बाबु दुबै गुमेपछि १७, १६ र २ वर्षीया तीन छोरी बिचल्लीमा परेका छन्।
परिवारका अनुसार गत १७ गते कुवेतमा डम्बर मगरको मृत्यु भएको खबर आएको थियो। उक्त खबरले स्तब्ध भएकी पत्नी विद्या मगर एक्कासि ढलेर निधन भएकी सालो अर्जुन थापा मगरले बताए। हाल डम्बर मगरको शव कुवेतमै रहेको र आवश्यक प्रक्रिया अघि बढिरहेको परिवारले जनाएको छ।
यस घटनापछि स्थानीयवासी, जनप्रतिनिधि, समाजसेवी तथा आफन्तहरूले गम्भीर चिन्ता व्यक्त गर्दै सहयोगको अपिल गरेका छन्। छोरीहरूको लालनपालन, शिक्षा र भविष्य सुरक्षित गर्न तुरुन्तै सहयोग आवश्यक भएको परिवारजनले आग्रह गरेका छन्।
सहयोग गर्न इच्छुकले राष्ट्रिय वाणिज्य बैंकमा सन्जु मगरको नाममा रहेको खाता नम्बर 2350100002780010 मा रकम पठाउन सक्नेछन्। प्रत्यक्ष समन्वयका लागि गणेश मगर (९८४०९८२४९९), बिमला थापा बस्नेत (९८४२३८८४६१) र सुरेश राई (९८२१७०३०१८) सँग सम्पर्क गर्न सकिने छ।
डम्बर मगर र विद्या मगरप्रति श्रद्धाञ्जली अर्पण गर्दै तीन छोरीहरूको भविष्य सुरक्षित गर्न देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीमा सहयोगको अपिल गरिएको छ।


















