काठमाडौं। पाँचदिने तिहार पर्वको अन्तिम दिन मनाइने भाइटीका (किजापूजा) भोलि कात्तिक ६ गते बिहीबार देशभर मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो वर्ष भाइटीका लगाउने शुभ साइत बिहान ११:३९ मिनेट रहेको छ।
दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सुख–शान्तिको कामना गर्दै टीका लगाइदिने परम्परा यस दिन छ। भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको निधारमा पञ्चरंगी टीका लगाइन्छ, माला, मिठाई र उपहार अर्पण गरिन्छ। दाजुभाइले पनि दिदीबहिनीलाई आशीर्वादसहित उपहार प्रदान गर्छन्।
नेवार समुदायमा यो पर्वलाई ‘किजापूजा’ भनिन्छ। यस दिन नेवारी दिदीबहिनीहरूले पनि आफ्ना भाइहरूको दीर्घायुको कामना गर्दै परम्परागत विधिअनुसार पूजा गर्छन्।
भाइटीका (किजापूजा) लाई दाजुभाइ र दिदीबहिनीबीचको मायाममत्व, स्नेह र सम्बन्धको प्रतीकका रूपमा मानिन्छ। यो पर्वले पारिवारिक एकता, प्रेम र सद्भाव सुदृढ गर्ने सन्देश दिन्छ।
















