काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृङ्खलामा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ। खेल दुबईस्थित आईसीसी एकेडेमी ग्राउण्डमा बिहान सवा ११ बजे सुरु हुने कार्यक्रम छ।


नेपालले यसअघि गएको आइतबार अमेरिकासँग भएको खेलमा १०६ रनले पराजय व्यहोरेको थियो। सोसँगै नेपालले हालसम्म खेलेका १७ खेलमा १२ अंक जोडेको छ र लिगको अंकतालिकामा सातौँ स्थानमा रहेको छ।


यस्तै, अमेरिका २२ खेलमा ३२ अंकसहित शीर्षस्थानमा रहेको छ भने युएई १७ खेलमा ६ अंकसहित अन्तिम स्थानमा छ।

नेपाल, अमेरिका र युएईबीच जारी यस त्रिदेशीय श्रृङ्खलामा आजको खेल नेपालका लागि लिगमा स्थिति सुधार्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।