२४ गते
इटहरी स्थित रहेको खुकुरी होटलको सभाहलमा
यङ एनिफल्ड मोटरसाइकल कल्बलको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यलय इटहरी सुनसरीको सहकार्यमा एक कार्यक्रमको आयोजना गरी बाईक द्वारा गरिएको ध्वनि प्रदुषण नियन्त्रण गर्ने उदेश्यले उक्त क्लबमा आबध्द भएर संचालन हुने गरेका मोटरसाईकल हरुले स्वतस्फुर्त रुपमा कम्पनिको साईलेन्सर लगाएर ट्राफिक नियमको पालना गर्ने र मोडिफाई गरेर चलाउने अन्य मोटरसाईकलहरुलाई पनि त्यसो नगर्न अनुरोध गरेका थिए । “मोटरसाइकलबाट हुने ध्वनि प्रदूषण नियन्त्रण” विषयक एक विशेष कार्यक्रम भएको छ।
कार्यक्रममा इटहरी र आसपासका क्षेत्रका मोटरसाइकल चालक, ट्राफिक प्रहरी, र प्रतिनिधिहरूको उपस्थितिमा मोटरसाइकलको साइलेंसरमा अनधिकृत परिमार्जन (मोडिफिकेसन) रोक्न र ध्वनि प्रदूषण नियन्त्रण गर्नका उपायहरूबारे छलफल गरिएको थियो।
कार्यक्रममा प्रहरी निरिक्षक बिकास थपल्लियाले सहभागी चालकहरूलाई कानूनी प्रावधान, सवारी सुरक्षा र यो कार्याको उच्च मुल्यकन गर्नुभएको थियो |
यङ एनफिल्ड मोटरसाइकल क्लबका प्रतिनिधिहरूले क्लबका सदस्यहरूबीच ‘नो मोडिफाइड साइलेंसर’ अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन्।
कार्यक्रमले स्थानीय स्तरमा ध्वनि प्रदूषण घटाउने र जिम्मेवार सवारी चालक संस्कार विकास गर्ने सन्देश प्रवाह गरेको आयोजकले बताएका छन्।



















