इटहरी । दोस्रो तरहरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा आयोजकलाई हराउँदै खारखोला फुटबल क्लब वराहक्षेत्र विजयी भएको छ । आयोजक योङ ब्वाइज फुटबल क्लबलाई ०१ गोल गदै खारखोला सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो आफको अन्तिममा समयमा खारखोलाका आकाश राईले निर्णायक गोल गरेका थिए । प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक उत्कृष्ट खेलाडी लगायतका विभिन्न उपाधिमा पनि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । तरहरा गोल्डकप पुस ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता तरहराको बहु भाषी खेलमैदानमा आयोजना गरिएको छ । स्थानीय तथा बाहिरका विभिन्न टोलीहरूको सहभागिता रहेको यस प्रतियोगिताले फुटबल प्रेमीहरूलाई उत्कृष्ट खेलको प्रदर्शन गराउने आयोजकले विश्वास व्यक्त गरेको छ । प्रतियोगितालाई योङ्ग ब्वाइज फुटबल क्लब तरहराले आयोजना गरेको हो ।