Screenshot_20251228_092654_Chromeकाठमाडौं /सम्झौतापत्रमा लामिछाने र शाह दुवै आ–आफ्नो पदीय हैसियतमा मौन रहेर नाममात्रै लेखेका छन् । अब बालेन शाह रास्वपाकै नेता बन्नेछन् । पार्टीको नाम, चिन्ह र झण्डा यथावत
• राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने ७ बुँदे सम्झौता गरेका छन्।
• सम्झौताअनुसार रवि लामिछाने पार्टी सभापति रहने र बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको छ।
• सम्झौतापत्रमा भ्रष्टाचार विरुद्धको आन्दोलन अपनाउने, सामाजिक न्यायका लागि सुधार गर्ने र पार्टीको नाम, चिन्ह यथावत राख्ने उल्लेख छ।
१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा सहित ७ बुँदे सम्झौता गरेका छन् ।
सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने आगामी प्रधानमन्त्रीको उम्मेद्वारका रुपमा बालेन शाहलाई संसदीय दलको नेताको रुपमा उभ्याइनेछ