लामो प्रयासपछि रास्वपा र बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ । यो सम्झौतामा लेखिएअनुसार भावी प्रधानमन्त्रीको रुपमा बालेनलाई अघि सारिने छ । पार्टी सभापतिमा रवि लामिछाने यथावत रहने छन् ।उनीहरुबीच आज बिहान करिब चार बजेतिर सहमति पत्रमा हस्ताक्षर भएको थियो । हस्ताक्षरको ऐतिहासिक क्षणमा रास्वपा उपसभापति डीपी अर्याल, नेताहरु स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साह लगायत सहभागी थिए । यसैगरी कुमार बेन, सुदिप ढकाल,  जेनजी युवा अगुवा केपी खनाल, भुपदेव साह, कलाकार निश्चल बस्नेत लगायत पनि सो कार्यक्रमको साक्षी थिए ।सम्झौता पत्रमा हस्ताक्षर पछि रवि र बालेनले अंगालो हालेका थिए । त्यसपछि अन्य सहभागीहरुले सामूहिक फोटो खिचाएका थिएबालेनसँगको सम्झौतापछि रास्वपा सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् ।हेर्नुहोस् रवि–बालेन सम्झौताका तस्वीरहरु–