बिराटनगर राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा, एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन्। कांग्रेस, एमाले र जसपाको बलियो गठबन्धनका कारण उनीहरूको जित सहज बनेको हो।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपाका हेमराज घिमिरे मनोनयनका लागि समयमै उपस्थित नभएपछि थापालाई भाग्यले साथ दियो। लामो समय संयुक्त राष्ट्रसंघमा सेवा गरेका थापा २०७७ सालमा राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका थिए। उनी पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री समेत हुन्।पोर्तेल दलित कोटाबाट निर्वाचित सोम पोर्तेल झापा जिल्ला समन्वय समितिका पूर्वप्रमुख हुन्। २०४७ सालदेखि विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका उनी एमालेको भ्रातृ संगठन ‘मुक्ति समाज नेपाल’ का केन्द्रीय उप-महासचिव छन्। उनले राष्ट्रिय सभालाई अवकाश प्राप्त नेताहरूको थलो मात्र नभई अनुभव र युवा जोसको संगम बनाउनुपर्ने बताए।
महिला कोटाबाट विजयी रोशनी मेचे अल्पसंख्यक मेचे समुदायको प्रतिनिधित्व गर्छिन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेर काम गरिसकेकी मेचे हाल ‘लोकतान्त्रिक आदिवासी जनजाति महासंघ’ की केन्द्रीय सदस्य छिन्। अल्पसंख्यक र लोपोन्मुख समुदायको आवाजलाई राज्यको माथिल्लो सदनसम्म पुर्‍याउनु आफ्नो प्राथमिकता र