जन्मदिनको अवसरमा उदाहरणीय कार्य : अध्यक्ष खड्काद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र खाजा वितरण

धनकुटा — महालक्ष्मी नगरपालिका–१, तेलुङ्ग–खाप्राङ स्थित श्री शारदा आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम बहादुर खड्काले आफ्नो जन्मदिनको अवसर पारेर आज विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई कापी, पेन्सिल तथा खाजा वितरण गर्नुभएको छ।

आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्ने उद्देश्यले अध्यक्ष खड्काले विद्यार्थीहरूलाई शैक्षिक सामग्री र खाजा वितरण गर्नुभएको बताउनुभयो। यस सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह बढ्नुका साथै विद्यालयप्रति आकर्षण समेत बढ्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विद्यालयका सबै विद्यार्थी लाभान्वित भएका छन्।

विद्यालयका प्रधानाध्यापक बिरेन्द्र कटुवालका अनुसार तेलुङ्ग–खाप्राङ क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीको अभाव नहोस् र उनीहरू नियमित रूपमा विद्यालय उपस्थित होउन् भन्ने हेतुले यस्तो सहयोग प्रदान गरिएको हो। उहाँले अध्यक्ष खड्काको यस उदाहरणीय कार्यप्रति आभार व्यक्त गर्दै यस्ता गतिविधिले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

जन्मदिनको अवसरमा गरिएको यस प्रकारको सामाजिक तथा प्रेरणादायी कार्यले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।Messenger_creation_205E34C4-4F01-4953-AD48-B84301D3B834 1