कसको ईशारामा ? सहनुको पनि हद हुन्छ होला ? सहनुको सीमा सकिएपछि बाँकी के नै रहन्छ र ? त्यसैको प्रतिफल हो हिन्दु गुरु श्रीनिवासाचार्यको अभिव्यक्ति ।
यसरी, सधै यो देशको नियम र संविधानले हिन्दूलाई मात्र रोक लगाउने अनि अरुहरूलाई जेमा पनि छुट दिने यो कस्तो नियम हो ? प्रहरीका अनुसार नेपालगन्जको उक्त युवकले सामाजिक सञ्जालबाट स्टाटस पनि हटाए र माफी पनि मागे तर माफी मागिसके पश्चात् पनि त्यत्रो आन्दोलन गर्नुको कारण के ? तसर्थ यो विषयमाथि हिन्दूले अब सोच्नु पर्ने बेला आएको छ ।
आजैको घटनालाई हेर्ने हो भने हिन्दू गुरू श्रीनिवास आचार्यलाई सुनसरी चतराबाट प्रहरीले पक्राउ गरेको छ । उनले धरानमा र देशका अन्य भागमा संविधान र कानुनले वर्जित गरेको गौ हत्याको केसमा हिन्दूहरूले आमा समान मानी आएको गौमाताको हत्यारालाई कारबाही गर्न खरो रूपमा भाषण गरेका थिए । सरकार मौन बसेर आतंकी समुदायलाई बचाउन खोज्दा घटनाबाट पिडित भएर उनको मुखबाट त्यस्तो अभिव्यक्ति निस्किएको कुरा प्रष्ट छ । पिडामा कसैले गीत गाउँदैन । प्रतिकार अवस्री गर्दछ । यहाँ संविधानले नै निषेध गरेको गौ हत्या केसमा हत्यारालाई उन्मुक्ति दिने र हत्यारालाई कारबाही गर्नु पर्दछ भनेर शसक्त आवाज उठाउनेलाई पकडेर कारबाही अघि बढाउनुले पनि सरकारको एकपक्षिय अन्यायपूर्ण चरित्र प्रष्ट हुन आउँछ ।
हत्यारालाई आममाफी, विधर्मीलाई साथ
एउटा हिन्दू बोल्दैमा हिरासतको वास ।।
आयो–आयो लुटतन्त्र, राजधर्म फालेर
उठौँ जागौँ हिन्दू हो, नत्र जानुपर्ला भागेर ।।
भन्ने यम प्रसाद पौडेल ‘दीपक’को कविताले सार्थकता पाएको प्रष्ट हुन्छ ।
सहिष्णुता कदापि हिन्दूको कमजोरी होईन । यदि प्रशासनले समयमै परिपक्वता देखाएर विधर्मीलाई कारबाही गरेको भए यस्तो घटनाहरू आउने नै थिएन । सरकारको अपरिपक्वता एवं उचित र न्यायपूर्ण निर्णय क्षमतामा ह्रास आएकै कारण वर्तमान परिस्थिति निम्तिएको कुरामा दुई मत छैन । सरकारी संयन्त्रको यस्तै गलत रवैया भएको खन्डमा भोलिको दिनमा देशले ठूलो मूल्य चुकाउने कुरा निश्चित छ ।














