महालक्ष्मी नगरपालिका भित्रका वडाबीच भलिबल प्रतियोगिता माघ २९ मा हुने

धनकुटा,  — श्री त्रिवेणी युवा क्लब, महालक्ष्मी नगरपालिका–१, कटहरे, धनकुटाको आयोजनामा महाशिवरात्रि २०८२ को अवसरमा महालक्ष्मी नगरपालिका भित्रका वडाबीच पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

प्रतियोगिता महालक्ष्मी नगरपालिका–१ स्थित कटहरे खेलमैदानमा २०८२ साल माघ २९ गते बिहान १० बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले २०८२ साल माघ २८ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ।

पुरुषतर्फ टिम दर्ता शुल्क रु २०५० तोकिएको छ भने महिलातर्फ दर्ता शुल्क निःशुल्क रहने जनाइएको छ। प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगद रु ३५,०००, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले नगद रु २०,०००, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यस्तै महिलातर्फ प्रथम पुरस्कार नगद रु १५,००० र द्वितीय पुरस्कार नगद रु १०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुने तथा खेलसम्बन्धी अन्तिम निर्णय आयोजक र रेफ्रीको हुने जनाइएको छ। प्रत्येक टिममा खेलाडी बाहेक ९ जना तथा कोच र म्यानेजर २ जना रहने व्यवस्था गरिएको छ।

उक्त प्रतियोगिताबारे जानकारी सुरेश राई ले जानकारी दिनु भयो। प्रतियोगितासम्बन्धी थप जानकारीका लागि खेल संयोजक सुरेश  राई (9821703018   ) र पवन जंग बहादुर कटुवाल (9764890708     ) लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।