IMG-20241120-WA0001चर्चित एवम लोकप्रिय पप गायक सुगम पोख्रेलले  डिसेम्बर २१ मा मकाउको एस्कट होटल ( रेड हाउस )मा आयोजना हुने एन आर एन ए सांस्कृतिक सांझमा आफ्नो प्रस्तुति दिने भएका छन्  उक्त सांझमा बर्सा उप्रेतिको नृत्य प्रस्तुति रहने छ । 

 कार्यक्रम नेपाल हङकङ (एस ए आर) र मकाउ (एस ए आर) को महावाणिज्य दूतावास र नेपाल एयरलाइन्सको सहयोगमा एनआरएनए–एनसीसी मकाउले प्रस्तुत गरेको हो । IMG-20241118-WA0015(1)IMG-20241118-WA0016

  गायक  पोखरेलले उक्त सांझ आफ्नो लागि ठूलो कार्यक्रम हुने विश्वास व्यक्त गरे । उनले आफ्ना सार्वधिक रुचाइएका शास्त्रीय र आधुनिक गीतहरू प्रस्तुत गर्ने तयारी गरिरहेको बताए ।

 सांस्कृतिक सांझमा मकाउमा रहेका नेपालीहरुको उल्लेख्य सहभागिताको अपेक्षा गरेको गायक पोख्रेलका टुर कोर्डिनेटर  युस्टल  दाहालले बताए ।