नेपालि पप क्षेत्रमा सार्वधिक रुचाइएका चर्चित गायक सुगम पोख्रेलले डिसेम्बर २१ मा मकाउको एस्कट होटलको सेकेन्ड फ्लोर (रेड हाउस) मा आयोजना हुने एन आर एन ए सांस्कृतिक सांझमा आफ्नो प्रस्तुति दिने भएका छन् भने उक्त सांझमा नृत्यांगना बर्षा उप्रेतिले आफ्नो प्रस्तुति दिने तयारि छ ।

कार्यक्रम नेपाल हङकङ (एस ए आर) र मकाउ (एस ए आर) को महावाणिज्य दूतावास र नेपाल एयरलाइन्सको सहयोगमा एनआरएनए–एनसीसी मकाउले प्रस्तुत गरेको हो ।
गायक पोखरेलले आफ्ना सार्वधिक रुचाइएका शास्त्रीय र आधुनिक गीतहरू प्रस्तुत गर्ने तयारी गरिरहेको बताए त्यसैगरि सांस्कृतिक सांझमा मकाउमा रहेका नेपालीहरुको उल्लेख्य सहभागिताको अपेक्षा गरेको गायक पोख्रेलका टुर कोर्डिनेटर युस्टल दाहालले बताए ।
आउदै गरेको कृस्मस डे लाइ समेत बिशेष लक्षित गरि आयोजना गर्न लागिएको यस सांस्कृतिक कार्यक्रम सब्य र भब्य हुने आयोजक कमिटि एनआरएनए-एनसीसी मकाउ का अध्क्ष रुस्थम श्रेष्ठले जान्कारि दिए ।




















