संखुवासभा, कार्तिक १३ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ श्री मिल्के जनउत्थान मञ्च, चैनपुर नगरपालिका–१, नुनढाकी, संखुवासभा द्वारा आयोजित ऐतिहासिक वाला मेला–२०८२ आगामी मंसिर ३ गतेदेखि ६ गतेसम्म भव्य रूपमा सञ्चालन हुने भएको छ।
मञ्चका अध्यक्ष जीवन कुमार लिम्बूका अनुसार, वाला मेला संखुवासभा जिल्लाको नमूना तथा पथप्रदर्शक सांस्कृतिक र खेलकुद उत्सवका रूपमा हरेक वर्ष आयोजना हुँदै आएको छ। यस वर्ष पनि मेलामा विविध खेलकुद, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन्।
⚽ खुला पुरुष फुटबल प्रतियोगिता
दर्ता मिति: मंसिर १ गतेसम्म
खेल सुरु: मंसिर ३ गतेदेखि
प्रथम पुरस्कार: रु. १,०१,१११/-, ट्रफी, मेडल र प्रमाणपत्र
द्वितीय पुरस्कार: रु. ५०,१११/-, मेडल र प्रमाणपत्र
खेल प्रणाली: फिफा नियम अनुसार नकआउट
संयोजक: अमिर लिम्बू (९८४९५८३६७६), श्याम कुमार लिम्बू (५७६२७२७६२८)
पालिका वडा–स्तरीय पुरुष भलिबल प्रतियोगिता
दर्ता मिति: मंसिर १ गतेसम्म
खेल सुरु: मंसिर ३ गतेदेखि
प्रथम पुरस्कार: रु. ७५,१११/-, ट्रफी, मेडल र प्रमाणपत्र
द्वितीय पुरस्कार: रु. ४०,१११/-, मेडल र प्रमाणपत्र
संयोजक: किरण लिम्बू (९८४०५९९८६०), मिलन दजी (९८६६२६०९७३)
केलाङ्ग (ढोल) नाच प्रतियोगिता
मिति: मंसिर ६ गते
सहभागी: ४ जना महिला र ४ जना पुरुष अनिवार्य
प्रथम पुरस्कार: रु. ६०,०००/-, प्रमाणपत्र सहित
द्वितीय पुरस्कार: रु. ३०,०००/-, प्रमाणपत्र सहित
संयोजक: सुजन लिम्बू (निर्मल) – ९८६२३६३४२४
सांस्कृतिक नृत्य प्रतियोगिता
मिति: मंसिर ५ गते
गीत: नेपाली मौलिक हुनुपर्ने
सहभागी: कम्तिमा ४ जना
प्रथम पुरस्कार: रु. २०,०००/-, प्रमाणपत्र सहित
द्वितीय पुरस्कार: रु. १५,०००/-, प्रमाणपत्र सहित
संयोजक: गुणराज श्रेष्ठ (९८४३६८४५६९)
अन्य आकर्षणहरू
हाउजी (तम्बोला): मंसिर ४ र ५ गते
मिडिया पार्टनर: सभापोखरी भलिबल पेज
दर्ता शुल्क: QR मार्फत अनलाइन भुक्तानी गर्न सकिने
मेलाको उद्देश्य
मेलामार्फत स्थानीय संस्कृति, खेलकुद, र पर्यटन पूर्वाधारको पहिचान तथा प्रवर्द्धन गर्दै नुनढाकी क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्याउने उद्देश्य आयोजक मञ्चले जनाएको छ।
आयोजकको अपील
देश–विदेशमा रहेका सम्पूर्ण खेलप्रेमी, संस्कृतिप्रेमी, विकासप्रेमी, चन्दादाता तथा शुभेच्छुक महानुभावहरूलाई मेलामा सहभागिता, सहयोग र उपस्थितिका लागि आयोजक श्री मिल्के जनउत्थान मञ्च, नुनढाकीले हार्दिक निमन्त्रणा गरेको छ।
सम्पर्क:
श्री मिल्के जनउत्थान मञ्च, चैनपुर–१, नुनढाकी, संखुवासभा


















