नेपाली बजारमा मंगलबार सुनको भाउ घट्यो, चाँदी महँगियो

मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य रूपमा घटेको छ। अघिल्लो दिन सोमबार १४ सय रुपैयाँले बढेको सुनको भाउ आज ३०० रुपैयाँले घटेर प्रति तोला २ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार प्रतितोला सुन २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य थोपाे घटे पनि चाँदीको भाउ भने उकालो लागेको छ। मंगलवार चाँदी १० रुपैयाँले बढेर प्रति तोला ३ हजार ५४५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो।

सुन–चाँदीको मूल्यमा देखिएको यो सानो उतार–चढाव अन्तर्राष्ट्रिय बजारको मूल्य तथा माग–आपूर्तिको अवस्थासँग समायोजन गर्दै निर्धारण गरिएको व्यवसायीहरूले बताएका छन्।