छैठौ  पोक्लाबुङ्ग फुटबल कप २०८२  वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगिता माघ ०६ देखि हुने


किरण लिम्बू, चैनपुर। पोक्लाबुङ्ग जन उत्थान मञ्च युथ क्लब चैनपुर नगरपालिका १ पोक्लाबुङ्ग संखुवासभाको आयोजनामा छैटौं  पोक्लाबुङ्ग फुटबल कप–२०८२ खुल्ला वडा स्तरीय पुरुष तथा महिला फुटबल प्रतियोगीता हुने भएको छ । वसन्त पन्चमीको अवसरमा माघ ०६ गतेदेखि माघ १० गतेसम्म फुटबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष बिष्णु कुमार राईले जानकरी दिए । खेलमा पुरुष तर्फ  प्रथम हुनेले नगद ४० हजार तीन वर्षे रनिङ कप , मेडल र प्रमाणपत्र, दोस्रो हुनेले २२ हजार, कप, मेडल र प्रमाण पत्र सेमिफाइनल २ टिमलाई नगद ५,५ हजार  प्राप्त गर्ने छन भने महिला तर्फ प्रथम हुनेले नगद  २० हजार , दोस्रो हुनेले नगद १२ हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने खेल संयोजक प्रकाश लिम्बूले जानकारी दिए।   प्रतियोगीतामा सहभागीताको लागी  पुरुष तर्फ २ हजार ं५ सय रुपैँया महिला तर्फ १ हजार ं ५ सय  दर्ता शुल्क लाग्नेछ भने टिम दर्ता माघ ०५ गते बेलुकी ४ बजे सम्म गरिसक्नु पर्नेछ र खेल सुरु ०६ गते विहान १० बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।